झापा गोल्डकप

एपिएफ क्लब झापा गोल्डकपको सेमिफाइनलमा

सोमबार, फागुन २१, २०८०

काठमाडौँ– एपिएफ क्लब छैंटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा बागमती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३ का बिरुद्ध ४ गोलले हराउदै एपिएफ विजयी भएको हो । 

खेलमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ नायक बने । उनले बागमती युवा क्लबका निर्मल घिसिंङ् र अबि लामाको पेनाल्टी बचाए । बिर्तामोड स्थीत् डोमालाल राजवंशी रंगशालामा भएको खेल निकै प्रतिष्पर्धात्मक थियो । दुबै टोलीले गोलका लागी अवसर सृजना गरेपनि निर्धारित समयमा गोल हुन नसकेपछि टाईब्रेकर बाट खेलको नतिजा लिइएको थियो ।

फागुन २८ गते सम्म संचालन हुने झापा गोल्डकपमा ए डिभिजन क्लब सहित १० वटा टिमले सहभागिता जनाएका छन् । छैंटौं संस्करणको झापा गोल्डकपको बिजेताले नगद १३ लाख सहित आकर्षक ट्रफि पाउनेछन् भने उपविजेताले नगद् ७ लाख रुपैंया प्राप्त गर्ने छन् । मंगलबार क्वाटरफाईनल खेल चर्चव्वाईज युनाईटेड क्लब र एनआरटि बिच हुने आयोजकले जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार