रास्वपालाई झटारो

सरकारमा गएपछि सभापति लामिछानेले सम्झिनुपर्ने ‘२९ सेप्टेम्बर’को त्यो झटारो

सोमबार, फागुन २१, २०८०

काठमाडौँ– नेकपा एमाले, माओवादी केन्द्रसहितको मोर्चामा आवद्ध भई पुष्पकमल दाहाल प्रचण्ड सरकारमा मन्त्रीमा डीपी अर्याल पठाउने निर्णय समेत गरिसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने गृहमन्त्रीको बार्गेनिङमा छन् । 

प्रधानमन्त्री प्रचण्ड सकारात्मक भए पनि अन्य दलसँग सहमति भइनसकेको अवस्थाअघि नै उनलाई सत्ताबाट बाहिरिएको कांग्रेसका कार्यकर्तादेखि आम साधारणले २९ सेप्टेम्बर २०२३ को कथा सुनाउन थालेका छन् । 

सामाजिक सञ्जालमा प्रमुख दलमाथि लामिछानेले गरेको प्रहारलाई नै स्मरण गराउँदै व्यंग्य गरिन थालिएको छ । उक्त मितिमा लामिछानेले मुख्य दलहरूको सरकार बनाउन चुनौति दिँदै आफ्नो दल प्रतिपक्षमा बस्नेसहितको तर्क राखेका थिए । 

उनले लेखेका थिए– 

सम्पूर्ण पुराना दलहरुलाई अपिलः
देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर  तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा। 

तर “मिशन ८४“ भनेर  तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईको लागि त मिशन ८० नै छ त! मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०, मिशन८१, मिशन८२, मिशन ८३ छदै छ त! 

यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४÷४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सहि निर्णयले मात्रै पनि  मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४÷४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई। 

राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर!! कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु,सोच्नु होला। 

rabi---1709538965.jpg

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्