प्रचण्डलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

आइतबार, फागुन २०, २०८०

काठमाडौँ– सत्ता गठबन्धनमा खटपट देखिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका अध्यक्ष ओली साँझ पुन: बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई समेत लिएर बालुवाटार पुगेका छन् ।

टीआरसी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र र प्रमुख सत्तासाझेदार कांग्रेसबीच खटपट सुरु भएको छ । आइतबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई छलफलमा बोलाएका छन् । 

बुढानीलकण्ठमा कांग्रेस सरकारमा सहभागी मन्त्रीसहित सभापति देउवाले छलफल गरिरहेकै समयमा एमालेका अध्यक्ष ओली महासचिव पोखरेललाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । 

सत्ता गठबन्धनमा खटपट देखिएपछि परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमणसमेत अन्तिम समयमा स्थगित भएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्