साफ यु–१६ महिला च्याम्पियनसिप

नेपाल बंगलादेशसँग पराजित

शनिबार, फागुन १९, २०८०

काठमाडौँ– काठमाडौँमा जारी साफ यु–१६ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसंग पराजित भएको छ ।

ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा नेपाल बंगलादेशसंग २–० गोल अन्तरले पराजि तभएको हो । 

बंगलादेशको जितमा सौरभी प्रितीले दुवै गोल गरिन् । खेलको २५ औं मिनेटमा उनले बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यस्तै, पेनाल्टीमार्फत ३१ औं मिनेटमा उनले बंगलादेशका लागि दोस्रो गोल गरिन् । 

अब नेपालले दोस्राे खेल फागुन २१ गते भुटानसँग खेल्ने छ । लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ । 

शीर्ष दुई टोलीले उपाधीका लागि प्रतिष्पर्धा गर्ने एन्फाले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्