Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको भाउ बढ्यो, ताेलाकाे कति ?

बुधबार, फागुन ९, २०८०

काठमाडौं- सुनचाँदीको भाउ बढेको छ । 

बुधबार तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्