नेभिगेशन
अर्थ विविध

ललितपुर महानगरपालिकाको बेरुजु ०.५२ प्रतिशत, खर्च ६८.१४ प्रतिशत

काठमाडौँ- ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा कुल ६८.१४ प्रतिशत खर्च गरेको छ ।

शनिवार पत्रकार सम्मेलन गरी महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनेले कुल ६८.१४ प्रतिशत खर्च गर्दा पुँजीगत खर्च भने ६०.६२ प्रतिशत गरेको बताएका हुन् ।

मेयर महर्जनकाअनुसार चालु आर्थिक वर्षमा महानगरपालिकाले चालु खर्च ८५.३२, राजश्व संकलन ७५ प्रतिशत र बेरुजु ०.५२ प्रतिशत रहेको छ । त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९३.५ प्रतिशत, वित्तीय जोखिम मूल्याङ्कन ९९.५ प्रतिशत र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको मूल्याङ्कन ७४.७१ प्रतिशत रहेको बताएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पुँजीगततर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार, प्रशासनिक खर्चका लागि १ अर्ब ३३ करोड ३ लाख १८ हजार र सामाजिक सुरक्षा र सशर्त अनुदानतर्फ १ अर्ब ६३ करोड ६१ लाख विनियोजन गरेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

सुनसान बने ‘होमस्टे’