Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले केन्द्रीय कमिटी बैठक : नेताहरूको प्रस्तावउपर आज समूहगत छलफल

बुधबार, फागुन ९, २०८०

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफलका लागि नौ वटा समूह बनाइएको जानकारी दिए । आज बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने उनले बताए ।  

यसैगरी जारी बैठकमा सांगठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालनसहित समसमायिक राजनीतिक प्रस्तावबारे छलफल हुदैँछ ।  बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्