Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली कांग्रेस ४ करोड ३५ लाख घाटामा

बुधबार, फागुन ९, २०८०

प्रमुख सत्तारुढ पार्टी नेपाली कांग्रेस करिब साढे चार करोड घाटामा चलिरहेको छ ।

गोदावरीमा चलिरहेको महासमितिको वैठकमा केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपाली कांग्रेस चार करोड ३५ लाख १८ हजार ८२३ रुपैंया घाटामा गएको छ ।

त्योभन्दा अघिल्लो वर्ष ३ करोड ८४ हजार घाटामा रहेकोमा एक वर्षमै पार्टी थप १ करोड ३५ लाख घाटामा गएको हो। प्रतिवेदनका अनुसार पार्टीको मुख्य आम्दानीको स्रोत चन्दा तथा सहयोग हो भने अन्य स्रोतमा लेवि, प्रकाशन विक्री आदी हुन् ।

त्यस्तै गत वर्ष सबैभन्दा बढी खर्च आम निर्वाचनको लागि भएको छ भने त्यसपछिको खर्च पार्टीका अधिवेशन र सम्मेलनहरुको लागि भएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्