नेभिगेशन
समाचार
मन्त्रिपरिषद बैठककाे निर्णय

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

काठमाडौँ– सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माका अनुसार आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणको अध्यक्षमा भण्डारीलाई नियुक्त गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो । भण्डारी सञ्चारमन्त्री शर्माका सूचना प्रविधि सल्लाहकार समेत हुन् ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा प्रमोद जोशीलाई नियुक्त गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार