Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँको ‘गेष्ट हाउसमा महिलाको हत्या गरी’ फरार श्रेष्ठ पक्राउ 

सोमबार, माघ २९, २०८०

काठमाडौँ– प्रहरीले काठमाडौँको विजय चोकस्थित सिराहा–धनुषा गेष्ट हाउसमा पर्मिला दमाईको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै पर्मिला दमाईको हत्या गरेको अभियोगमा दोलखा बैतेश्वर घर भइ काठमाडौं बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरेको जनाएको हो । 

गत शनिबार होटलमा एक महिला मृत फेला परेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी वृत्त गौशाला र जिल्ला परिसर काठमाडौंको संयुक्त टोलीले अनुसन्धान गरेको थियो । मृतक पर्मिला दमाई होटलमा एक पुरुषसंग बस्दै आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान गर्दै जादा होटलमा संगै बस्ने व्यक्ति कुमार श्रेष्ठ रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्रबहादुर खत्रीले बताए ।

कुमार र पर्मिलाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धका बारेमा दुवै परिवारलाई समेत जानकारी रहेको प्रहरीले जनाएको छ । पर्मिलाले कुमारलाई विवाह गर्न भनेपनि नमानेको र त्यही बिषयलाई लिएर पटक पटक झगडा समेत हुने गरेको एसएसपी खत्रीले जानकारी दिए । त्यही बिषयलाई लिएर पर्मिलाको घाँटीमा कसेर हत्या भएको अनुसन्धानबाट खुलेको उनले बताए ।

हत्या गरेर फरार भएका कुमार श्रेष्ठलाई काठमाडौंको बुद्धनगरबाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रतिवादीबाट घटना हुँदा लगाएको टिसर्ट च्यातिएको अवस्थामा बरामद गरिएको छ भने घटना हुँदा प्रयोग गरिएको भनिएको टिसर्ट सिसिटिभिबाट समेत पुष्टि भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्