काठमाडौँको एक होटलमा महिला मृत फेला, पुरूष फरार

शनिबार, माघ २७, २०८०

काठमाडौँ– काठमाडौँको एक होटलमा महिला मृत फेला परेकी छन् ।

शनिबार दिउँसो काठमाडौँ महानगरपालिका वडा नम्बर ९ विजयचोकस्थित एक होटलमा सिराहा धनुषा होटल एन्ड लजमा अन्दाजी ४५ वर्षीया महिला मृत फेला परेकी हुन् ।

प्रहरी वृत्त गौशालाका अनुसार महिलाको पहिचान खुलेको छैन ।  एक जना पुरूषले उक्त कोठा लिएका थिए । ती पुरूषको पहिचान खुलेको भएपनि महिलाको भने पहिचान खुलेको छैन। पुरूष अहिले फरार भएको प्रहरीको भनाई छ ।

महिलाको घाँटीमा डोरीले कसेर बेडमा हत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष रहेको छ । महिलाको मृत्यु शंकास्पद देखिएकोले घटनाबारे थप अनुसन्धान अगाडी बढेको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्