Nic Ad Nic Ad
Nic Ad Nic Ad
एक दिवसीय सिरिज

क्यानडाविरुद्ध नेपालको क्लिन स्विप

सोमबार, माघ २९, २०८०

काठमाडौँ- नेपालले क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय सिरिज क्लिन स्विप गरेको छ ।

नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडालाई नौ विकेटले हरायो ।

नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेल चार विकेटले विजयी भएको थियो । जितका लागि क्यानडाले दिएको दुई सय ३३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४३‍.३ ओभरमा एक विकेटको क्षतिमा दुई सय ३४ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि ओपनर अनिल शाह र भीम सार्कीले सानदार शतकीय इनिङ्स खेले । अनिल र भीमले दोस्रो विकेटका लागि अविजित एक ८९ रनको साझेदारी गरे । यो एक दिवसीय क्रिकेटमा नेपालका लागि उच्च साझेदारी समेत हो ।

यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध एक सय ७१ रनको साझेदारी गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्