Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपकुलपतिको छनोट नियम संगत छ : शिक्षा राज्यमन्त्री कुमारी

सोमबार, माघ २९, २०८०

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट नियम संगत भएको दाबी गरेकी छन् । 

सोमबार बसेको संसदको शिक्षा समितिको बैठकमा उनले नियमसंगत त्रिविको उपकुलपति छनोट गरिएको दाबी गरेकी हुन् । 

उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा गठित सिफारिस समितिमा कसैका विरुद्ध उजुरी नपरेको उनले जानकारी दिइन् । समितिले मन्त्री राईलाई बोलाए पनि राज्यमन्त्री कुमारी गएकी हुन् । 

उपकुलपतिका लागि दरखास्त माग गर्दा परेको ४३ जनाको आवेदनमध्ये १४ जनाको सर्टलिस्ट सार्वजनिक गरिएको छ । सर्टलिस्टमा परेका १४ जनामध्ये केही व्यक्तिको नाममा विवादमा परेपछि समितिले सोमबार शिक्षामन्त्री राईलाई डाकेको थियो । तर,समिति बैठकमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी उपस्थित भएकी हुन् । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्