क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य
क्यानडाले तीन खेलको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो ।
क्यानडाका नवनित डालिवाल अर्धशतक बनाएर आउट भए। निखिल दत्ता ४५ रनमा रन आउट भए। ६२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै पेभेलियन फर्के।
यस्तै हर्ष ठाकरले २९, श्रेयस मोभ्भाले २५, श्रीमन्था विजयरथेले २२, ओपनर आरोन जोनसनले ४, डिलोन हेलिगेरले ४ र निकोलस किर्तनले ३ रनको योगदान गरे ।
यस्तै कप्तान सद विन जफर ३१ र शाहिद अमदजाइ ५ रनमा अविजित रहे।
नेपालका हेमन्त धामीले ३ विकेट लिए। कुशल मल्लले २ विकेट लिए। ललित राजवंशी र आकाश चन्दले समान एक विकेट आफ्नो नाममा गरे।
नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०८० १३:२०
प्रतिक्रिया दिनुहोस्