नेकपा समाजवादीले बैशाख २२ भित्र महाधिवेशन प्रतिनिधि चयन गर्ने

बिहीबार, माघ २५, २०८०

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले आगामी महाधिवेशनका लागि आगामी बैशाख २२ गतेभित्र प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको सचिवालय बैठकले आगामी महाधिवेशनका निम्ति २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो । 

महाधिवेशनका लागि आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नविकरण, अध्यावधि, विस्तार गरिसक्ने निर्णय भएको समाजवादीले जनाएको छ । बैठकले आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने र आगामी महाधिवशेनमा कामका आधारमा (सदस्यता, नविकरण, संगठन विस्तार आदी) १० जिल्लालाई सम्मानित गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै, माघ २५ देखि चैत २५ सम्म संगठन सुदृढिकरणको अभियान सञ्चालन गर्ने समाजवादीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार