Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानडाविरुद्ध अर्धशतक बनाएका कुशल आउट, नेपालको १०० रन पूरा

बिहीबार, माघ २५, २०८०

काठमाडौं - एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ओपनर कुशल भुर्तेललाई तेस्रो विकेटको रुपमा गुमाएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले भुर्तेललाई १८.३ ओभरमा गुमाएको हो । क्यानडाविरुद्ध अर्धशतक बनाएका भुर्तेलले नेपाली टिमको खातामा ६२ रन थपे ।

जारी खेलको १९ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर १०० रन बनाएको छ ।

नेपालबाट हाल क्रिजमा रहेको भीम सार्की १४ र कुशल मल्ल एक रनमा खेलिरहेका छन् । त्यसअघि नेपालले आसिफ सेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान आठ रनमा गुमाएको थियो ।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।

 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्