बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबार, माघ २५, २०८०

काठमाडौँ - आज २०८० साल माघ २५ गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३२ पैसा र बिक्री दर १६८ रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्