भोजपुरमा प्रदेश स्तरीय भलिबल सुरु 

बुधबार, माघ २४, २०८०

टक्सार– ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ नाराका साथ आजदेखि भोजपुरमा कोशी प्रदेश अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । 

षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा प्रतियोगिताका खेलहरू सञ्चालन भइरहेका छन् ।  

उद्घाटनको दिन आज आयोजक जिल्ला खेलकुद विकास समिति र जनप्रतिनिधिको टोलीबीच मैत्रीपूर्ण खेल खेलाइएको थियो । उक्त खेलमा खेलकुद विकास समितिले जनप्रतिनिधिको टोलीलाई २(० सेटले पराजित गरेको छ । त्यसअघि उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य विनोद बान्तवाले गरेका छन्। 

प्रतियोगितामा भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका, मोरङको बेलवारी नगरपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिका तथा झापाको दमक नगरपालिका र रामप्रसाद राई गाउँपालिका सहभागी रहेका आयोजक समितिका प्रमुख गेल्जेन शेर्पाले जानकारी दिए।

प्रतियोगिता यही माघ २७ गतेसम्म सञ्चालन हुनेछ । पहिलो हुने टोलीले रु एक लाख ५० हजार, दोस्रोले रु एक लाख तथा तेस्रो हुनेले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार