Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा

बुधबार, माघ २४, २०८०

काठमाडौं - भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सचिन दासले ९६ र कप्तान उदय शरनले ८१ रन बनाएका थिए ।

यस अघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २४४ रन बनाएको थियो ।

अब फाइनलमा भारतले अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्दै छ । अस्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल भने विहिबार हुने छ । त्यस्तै फाइनल खेल आगामी आइतबार हुने छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्