Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदलाई जसपाको निर्देशन

मंगलबार, माघ २३, २०८०

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले संसदको जारी अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिएको हो ।

महत्वपूर्ण विधेयकको छलफलका क्रममा उपस्थीति जनाउन र पार्टीको धारणा अभिव्यक्त गर्न बैठकले सांसदहरुलाई निर्देशन दिएको जसपा प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । संसदको हिउँदे अधिवेशनमा सांसदको भूमिका र अधिक भन्दा अधिक बैठकमा भाग लिएर विधेयकहरुलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको उनले बताए ।

उनले संसदको क्यालेन्डरलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्नुपर्नेमा जोड रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्