राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण 

‘भ्रष्टाचार गर्नेमाथि राज्य निर्मम हुन सकेन’

सोमबार, माघ २२, २०८०

कानुन निर्माणमा सरकारको ध्यानाकर्षण 

काठमाडौँ– राष्ट्रियसभा सदस्यहरुले संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभाको पन्ध्रौँ अविधेशनअन्तर्गत सोमबार बसेको पहिलो बैठकमा उनीहरुले व्यवस्थामाथि प्रश्न उठ्न नदिन, संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माणमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउन दलहरु एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले अहिलेको व्यवस्थामाथि प्रश्न उठाउनेका सम्बन्धमा राज्यले गम्भीर भएर सोच्नुपर्नेमा जोड दिए । उनले राष्ट्रियसभाको औचित्य र सार्थकतालाई नयाँ ढङ्गले पूरा गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार अनियमितता गर्नेमाथि राज्यले निर्मम भएर कारवाही गर्नुपर्नेमा त्यसो हुन नसकेको धारणा राख्नुभयो । उहाले वर्तमान सत्ता गठबन्धनले आम जनतामा आशा जगाउन नसकेको समेत बताए ।

त्यस्तै, राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले एमाले प्रतिपक्षमा भएपछि गठबन्धनलाई अपवित्र भन्ने गरेको टिप्पणी गरे । आफू सत्तामा हुँदा सबै राम्रो र प्रतिपक्षमा रहँदा सबै खत्तम भन्ने सोच त्याग्न उनले सुझाव दिए ।

त्यस्तै, अन्य सांसदहरुले जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न सरकारलाई सुझाव दिएका थिए । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार