यस्तो छ राष्ट्रियसभाको दुई महिने सम्भावित कार्यतालिका !

शुक्रबार, माघ १९, २०८०

काठमाडौँ- राष्ट्रियसभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन महिनाको सम्भावित कार्य तालिका स्वीकृत भएको छ । शुक्रवार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसद्लाई पूर्व जानकारी गराउनुपर्ने, जसले गर्दा कार्य तालिका बनाउन सहज हुने निर्णय गरेको छ ।

संसद्को आउने अधिवेशनमा सरकारले कतिवटा, के कस्ता विधेयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद् अधिवेशन प्रारम्भ हुनुभन्दा अगावै संसद्लाई जानकारी दिन आग्रह गर्ने परामर्श समिति बैठकले निर्णय गरेको छ ।

साथै राष्ट्रियसभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडी बढाउने हो भन्ने विषय टुङ्गो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तो छ सम्भावित कार्य तालिका–

 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्