सार्वजनिक सवारी साधनलाई सुरक्षित बनाउनुपर्ने 

बिहीबार, माघ १८, २०८०

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सार्वजनिक सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताएका छन् ।

आयोगले आज आयोजना गरेको ‘सेवाप्रदायको दायित्व र उपभोक्ताको अधिकार’ विषयक छलफलमा अध्यक्ष मगरले सार्वनिजक यातायातलाई भरपर्दो, मर्यादित र उपभोक्तामैत्री बनाउनुपर्ने बताएका हुन् ।

“सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आवश्यक कानुनको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ” उनले भने, “सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न, यात्रुलाई सहज यात्रा र सुरक्षित बनाउन सबैले निकायले ध्यान दिन जरुरी छ ।

सार्वजनिक सवारीसाधनमा ‘अपशब्दको प्रयोग हुने गरेको, दुर्व्यवहार हुने गरेको उजुरी परेपछि आयोगले सरोकारवालालाई बोलाएर छलफल गरेको हो । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा चालक, सहचालकले उपभोक्ताले गर्ने मानव अधिकारमैत्री व्यवहार गर्नुपर्ने, काम गर्ने कामदारले उचित पारिश्रामिक पाउनुपर्नेलगायत विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्