संगठित रुपमा मलाई घेराबन्दीमा पार्ने षडयन्त्र भयो : सभापति लामिछाने

मंगलबार, माघ १६, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संगठित रुपमा आफुलाई घेराबन्दीमा पार्ने षडयन्त्र भएको बताएका छन् ।

मंगलबार रास्वपाले काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा लामिछानेले राज्य र बिभिन्न शक्तिहरुले सहकारीको बिषयलाई लिएर आफुलाई घेराबन्दीमा पार्ने षडयन्त्र गरेको बताएका हुन् । 

उनले आफुले जनताका अगाडी शिर निहुरिने कुनै काम नगरेकाले घेराबन्दीमा पार्ने षडयन्त्र सफल नहुने उल्लेख गरे ।

उपप्रधान एवं गृहमन्त्रीले चाहेको भएर सहकारी पिडितको समस्या समाधान भइसक्ने भएपनि आफ्नो पछाडीमात्रै लाग्ने काम भएको तर्क गरे । उनले मुलुकलाई अघि बढाउन राम्रो नेतृत्व र राम्रा नीति चाहिने भएकाले नीति निर्माणमा हस्तक्षेप गर्ने उदेश्यका साथ पार्टी अघि बढेको धारणा राखे । उनले आफु र पार्टीलाई जनताले गर्ने प्रश्नले सुधारको बाटो देखाउने बताए ।

त्यस्तै, लामिछानेले देश बनाउने मुद्दामा दलहरुका नेताहरुबीच मतभेद भएपनि स्वार्थका बिषयमा भने शीर्ष भनिएका दलहरु एक हुने गरेको पनि बताए ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्