संवाद यात्रा

केही नेताहरुको बन्धकका कारण मुलुक संकटमा पर्‍यो : गगन थापा

आइतबार, माघ १४, २०८०

विराटनगर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक केही नेताहरुको बन्धकमा परेका कारण संकटमा पर्दै गएको बताएका छन् ।

संवाद यात्राका क्रममा आइतबार विराटनगरको गुँरास पुस्तकालयमा आयोजित कार्यक्रममा महामन्त्री थापाले अहिलेको समस्या भनेको सिमित मानिसको कब्जामा मुलुक रहेको आरोप लगाए । उनले पार्टी निर्वाचन र संचालन पद्धति नमिलेका कारण पनि देश केही नेताहरुको सिण्डिकेट बन्न पुगेको जिकिर गरे । उनले पालैपालो सत्ता संचालन गर्ने प्रक्रियाका कारण मुलुकमा थप समस्याहरु सृजना भएको धारणा राखे । 

महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सुधारका लागि नेपाली कांग्रेसले चाडै नै सुवर्र्णशम्शेर आर्थिक सम्मेलन गर्न लागेको जानकारी दिए । उनले मुलुकको समस्या समाधानको जिम्मा नेपाली कांग्रेसले नै लिनुपर्ने अवस्था आएको बताउदै अहिलेको यथास्थितिलाई जारी राख्न नहुने जिकिर गरे ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्