समुदायमा कांग्रेस अभियान

समुदायमा कांग्रेस अभियान : कुन प्रदेशमा कुन नेता खटिए ? [सूचीसहित]

आइतबार, माघ १४, २०८०

काठमाडौं- समुदायमा कांग्रेस अभियानका लागि नेपाली कांग्रेसले शीर्ष नेताहरूलाई खटाएको छ ।

अभियानलाई थप प्रभावकारी बनाउनको लागि जिल्ला जिल्लामा फरक-फरक टोली पठाएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक हुनेछन् । टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने छन् । उनका अनुसार कोशीमा डा शेखर कोइराला, डा नारायण खड्का र बलबहादुर के सी, मधेस प्रदेशमा र बागमती प्रदेशका ४ जिल्ला प्रकाशमान सिंह र महालक्ष्मी उपाध्याय ‘डिना’ बागमती प्रदेशमा डा मिनेन्द्र रिजाल र पुष्पा भुसाल खट्नेछन् ।

यस्तै, गण्डकी प्रदेश महेन्द्र यादव र प्रदीप पौडेल, लुम्बिनी प्रदेश विमलेन्द्र निधि र डा डिला संग्रौला, कर्णाली प्रदेशमा डा शशांक कोइराला र भिष्मराज आङ्देम्बेलाई खटाएको छ। केन्द्रले खटाएका प्रतिनिधिहरूलाई निश्चित जिल्लाको जिम्मेवारी दिइएको छ ।

पहिलो चरणको अभियान हिमाली केही जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा नराखेको मुख्यसचिव पौडेलले बताए ।

कोशी प्रदेश

१. डा शेखर कोइराला- झापा र सुनसरी

२. डा नारायण खड्का- सङ्खुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा

३. बलबहादुर के सी- मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर

मधेश प्रदेश र बागमती प्रदेशका ४ जिल्ला

१. प्रकाशमान सिंह-मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा बागमतीको सिन्धुली र मकवानपुर

२. महालक्ष्मी उपाध्याय ‘डिना’- बारा, पर्सा, रौतहट र सर्लाही, बागमतीको धादिङ र चितवन

बागमती प्रदेश

१. डा मिनेन्द्र रिजाल- काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा

२. पुष्पा भुसाल- ललितपुर, भक्तपुर, रामेछाप र दोलखा

गण्डकी प्रदेश

१. महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर

२. प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ

लुम्बिनी प्रदेश

१. विमलेन्द्र निधि- रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा

२. डा डिला संग्रौला- कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी

कर्णाली प्रदेश

१. डा. शशांक कोइराला- दैलेख, सल्यान र सुर्खेत

सुदूरपश्चिम प्रदेश

१. भिष्मराज आङ्देम्बे- कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्