इरानमा सशस्त्र समूहद्वारा ९ विदेशी नागरिकको हत्या

शनिबार, माघ १३, २०८०

तेहरान– इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा अज्ञात सशस्त्र व्यक्तिहरूले शनिबार ९ जना गैर–इरानी (विदेशी) नागरिकको हत्या गरेको अर्ध–सरकारी मेहर समाचार एजेन्सीले जनाएको छ।

सशस्त्र व्यक्तिहरूले शनिबार बिहान सरावन काउन्टीको एउटा घरमा विदेशी नागरिकको हत्या गरेको मेहरले बताएका छन् ।

मेहरका अनुसार अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले घटनाको जिम्मेवारी लिएको छैन । घटनाको थप जानकारीका लागि अनुसन्धान भइरहेको महरले बताएका छन्। –रासस(सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्