स्वर्णिमले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी

शनिबार, माघ १३, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

पार्टी सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहेन भएकोले उक्त अवधिका लागि कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।

पार्टी वरीयतामा रविपछि अर्का उपसभापति डिपी अर्याल छन् । अर्याल पनि रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यवहाक सभापतिको जिम्मेवारी पाएका हुन् ।

सभापति लामिछाने आज र भोलि (आइतबार) भारतमा आयोजित कार्यक्रममा सहभागी हुने छन् ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्