राष्ट्रियसभा निर्वाचन

कर्णालीमा गठबन्धनका तीनै जना विजयी

बिहीबार, माघ ११, २०८०

काठमाडौँ – राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।

आज भएको निर्वाचनको परिणामअनुसार गठबन्धनका नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार विजयी भएका हुन् ।

महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्लले ३ हजार ७२२ मत भार प्राप्त गरी विजयी भइन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेकी छन् । 

त्यस्तै, दलिततर्फ नेकपा माओवादीका विष्णु विकले ३ हजार ८१७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका हिक्मत विकले १ हजार २६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले ३ हजार ८७० मत भार ल्याएर विजयी हुँदा एमालेका डिल्लीप्रसाद भट्टले १ हजार २१४ मतभार प्राप्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्