आईसीसी यू–१९ विश्वकप क्रिकेट

यू–१९ विश्वकप : आकाशले लिए पाकिस्तानको ३ विकेट

बुधबार, माघ १०, २०८०

काठमाडौँ– आईसीसी यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानले तेस्रो विकेट गुमाएको छ । 

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा पाकिस्तानले नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको छ ।

जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले २५ ओभर ६ बलमा तेस्रो विकेट गुमायो । पाकिस्तानका लागि १५ बलमा ८ रन बनाएका अराफात मिन्हास आउट भए । नेपालका आकाश चन्दले उनलाई आउट गरेका हुन् ।

यसअघि खेलको २२ औँ ओभरमा पाकिस्तानले दुई विकेट गुमाएको थियो । दुबै विकेट आकाश चन्दले नै लिएका थिए ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार