मुलुकमा भ्रष्टचार र दण्डहिनता बढ्यो, जवाफदेहीता कसैसँग भएन : नेता कोइराला

मंगलबार, माघ ९, २०८०

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान कार्यान्वयनका लागि राजनैतिक दलका नेताहरुले अग्रसरता लिनुपर्ने बताएका छन् ।

आज विराटनगरमा आयोजना गरिएको कृष्ण प्रसाद कोइराला सम्मान समर्पण कार्यक्रममा नेता कोइरालाले मुलुकको अवस्था अत्यन्त गम्भिर रहेकाले संविधान कार्यान्वयनका लागि राजनैतिक दलका नेताहरुले अग्रसरता लिनुपर्ने बताएका हुन् ।

उनले मुलुकमा भ्रष्टचार र दण्डहिनता बढ्दै गएपनि जवाफदेहीता कसैसंग नभएको बताए । उनले मुलुकको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक सबै क्षेत्रमा विकृति र विसंगति देखिएकाले जनताले विद्रोह गर्नुपर्ने अवस्था आएको धारणा राखे ।

पिताजी कृष्ण प्रसाद कोइराला स्मृति परिषदले आयोजना गरेको सो कार्यक्रममा पिताजी कृष्ण प्रसाद कोइराला सम्मान पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठलाई प्रदान गरिएको थियो । सम्मान ग्रहण पछि बोल्दै पूर्व प्रधानन्यायाधीस श्रेष्ठले संविधानमा अनेकौँ त्रुटी रहेकाले पूनरावलोकन गर्ने बेला आइसकेको धारणा राखे । उनले प्रजातन्त्रको लाभ जनताले अनुभूति गर्न नपाए वितृष्णा उत्पन्न हुने र विद्रोह हुनसक्ने तर्फ राजनैतिक दलका नेताहरु सचेत हुनुपर्ने जिकिर गरे ।.

उनले जनताले हारेको र नेताले जितेको प्रजातन्त्रले मुलुकको विकास गर्न नसक्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार