कांग्रेस सच्चिए सहकार्य गर्न तयार छौँ : अध्यक्ष लिङ्देन

मंगलबार, माघ ९, २०८०

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताएका छन् ।

विश्व हिन्दु महासंघले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका बिषयमा कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

उनले माओवादीको एजेण्डालाई कांग्रेसले सहिछाप गरेकाले मुलुक धर्मनिरपेक्ष हुन पुगेको बताए । अध्यक्ष लिङ्देनले कांग्रेसले राप्रपालाई अछुत जस्तो व्यवहार गरेकै कारण राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्नुपरेको धारणा राखे । उनले आफुलाई हिन्दुवादी भन्नेहरुले नै राप्रपालाई मत नदिएका कारण राजसंस्था सहितको हिन्दुराष्ट्र स्थापीत गर्न समस्या भएको बताए । धर्म निरपेक्ष हुनुमा दलहरु र नेता भन्दा बाहुन क्षेत्री नै बढि दोषी भएको उनको भनाइ छ ।  

त्यस्तै, उनले भ्रष्ट नेताहरुका कारण राजनीतिप्रति जनतामा वितृष्णा जागेको पनि बताए । कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारी लगाएतलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्