राष्ट्रियसभा निर्वाचनमा तालमेल

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेल [पत्रसहित] 

सोमबार, माघ ८, २०८०

काठमाडौँ– राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल गर्ने सहमति भएको छ । 

सोमबार एमाले र राप्रपाका नेताहरूबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार कोशीमा राप्रपाका उम्मेदवार उद्धव पौडेल र एमालेकी रुक्मिणी कोइरालालाई जिताउने सहमति भएको छ । 

कोशी राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सहमति भइसकेको अवस्थामा दुबै दलबीच वीन्– वीन् अवस्था रहेको बताए । उनले भने, ‘नतिजा सकारात्मक आउँछ ।’

राप्रपाको तर्फबाट कोशी प्रदेश अध्यक्ष राम थापा र एमालेका तर्फबाट कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमति पत्र

sahamati-1705934519.JPG

प्रदेश सभामा एमालेका ४० सांसद छन् भने एमालेबाट निर्वाचित स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख ११२ छन् । जसको कूल मतभारको योगफल ४ हजार २४८ हुन्छ । यसैगरी प्रदेश सभामा राप्रपाका ६ जना सांसद् छन् भने ४ जना अध्यक्ष(उपाध्यक्ष, प्रमुखउपप्रमुख छन् । जसको कूल मतभारको योगफल ३९४ हुन्छ । 

यस्तै गठबन्धनसम्बद्ध दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का क्रमशस् २९, १३, ४ र १ सांसद छन् ।

यस्तैगरी, स्थानीय तहमा ११३, माओवादी केन्द्र ३१, एकीकृत समाजवादी ७ र जसपाका ४ छन् । यसरी हेर्दा गठबन्धनको कूल मतभार ५ हजार ४३६ पुग्छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्