मधेश प्रदेश

मन्त्रीले निकाले मुख्यमन्त्रीविरुद्ध विज्ञप्ति

आइतबार, माघ ७, २०८०

काठमाडौं- मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवले मुख्यमन्त्री सरोज यादवविरुद्ध विज्ञेप्ति निकालेका छन् ।

मधेश कृषि विश्वविद्यालयकाे शिलान्यासमा कार्यक्रममा कुलपति मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथिका रुपमा बोलाएपछि मन्त्री महेशप्रसादले त्यसको विरुद्धमा विज्ञेप्ति निकालेका हुन् ।

आफु सहकुलपति भएर पनि उक्त कार्यक्रमबारे केहि जानकारी नदिइएकाे मन्त्री महेशकाे आराेप छ ।

साथै उनले कार्यक्रम नराेकेमा वा कुनै अप्रिय घटना घटेमा आफ्नाे मन्त्रालय जिम्मेवार नहुने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्