नेभिगेशन
सुरक्षा–अपराध

विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट आधा किलो सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । ४९९ ग्राम सुन(लिक्यूड फोर्म) सहित झापाका खगेन्द्र दर्जी पक्राउ परेका हुन् ।

दोहा हुँदै काठमाडौँ आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध