यू–१९ विश्वकप : पाकिस्तानको विजयी सुरुवात

शनिबार, माघ ६, २०८०

काठमाडौँ– आईसीसी यू–१९ क्रिकेट विश्वकपमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । 

शनिबार भएको समूह ‘डी’ अन्तरगतको खेलमा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

२८५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २६।२ ओभरमा १०३ रनमा अल आउट भयो । उस्का लागि नौमान शाह २६, शोहेल खान र रहिमुल्लाह जुरमाती समान समान २० रन बनाए ।

पाकिस्तानका लागि अहमेद हुसेनले ४ तथा मोहम्मद जेसनले ३ विकेट लिए।त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर सहजाइब खानले सतक प्रहार गरे । उनले १२६ बल खेल्दै १० चौका र ३ छक्काको सहयोगमा १०६ रन बनाए । 

त्यस्तै मासाद बेगले ५०, राइज उल्लाले ४६ रन, उबाइद साहले २२ बनाए । अफगानिस्तानका खाली अहमेदले ४ विकेट लिए ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २१:४८
प्रतिक्रिया दिनुहोस्