Nic Ad Nic Ad
Nic Ad Nic Ad
खेलमैदान खुला मञ्च

काठमाडौंका मेयर बालेनको तयारीविरुद्ध पूर्वप्रधानमन्त्री बाबुरामसँगै उभिए रवि लामिछाने

शुक्रबार, माघ ५, २०८०

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खुलामञ्चलाई खेल मैदान बनाउने तयारीविरुद्ध पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उभिएका छन्।

काठमाडौंको खुला मञ्चलाई फुटबल मैदान बनाउने महानगरपालिकाको तयारीविरुद्ध प्रदर्शन हुँदा भट्टराईसँग प्लेकार्ड बोकेर लामिछाने उभिएका हुन्। 

‘अकुपाई टुँडिखेल’ले खुलामञ्चलाई खुलै रहन दिन माग गर्दै प्रदर्शन गरेको थियो। खुलामञ्च पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिविम्बस्थल रहेको भट्टराईले बताएका छन्।

महानगरपालिकाले अलौकिक काम गरेको भनी स्वतन्त्र मतदाताको मत संकलन गर्ने लामिछाने पुराना मानसिकता भएका दलहसँगै उभिएकोमा कतिपयले आलोचना गरेका छन्। 
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्