छोरीको बलात्कार, छोराको हत्या अभियोगमा बाबु पक्राउ

बिहीबार, माघ ४, २०८०

काठमाडौं– सुर्खेतमा छोरीको बलात्कार गरी छोराको हत्या गरेको अभियोगमा एक जना बाबु पक्राउ गरिएको छ। 

बहिनीको बलात्कार बाबुले गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि युवकको हत्या भएको थियो। 

बहिनीमाथि बलात्कार भएपछि दाजुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गत असोजमै जाहेरी दिएका थिए। 

युवकलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको छ। उनकी बहिनी घाइते अवस्थामा फेला परेकी थिइन्। प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदी, कर्णाली प्रदेश प्रहरी

कार्यालयबाट सई नारायण शर्मा र इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक विनोद सुवेदीले यो घटना अनुसन्धान गरिरहेका छन्।

भारत फरार रहेको भनिएका बाबुलाई कैलालीको टिकापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूका बाबु भारतमा बस्दै आएका थिए। घरमा दाजुबहिनी मात्र बस्थे। गत असोजमा भारतबाट घर आएका बुवाले छोरीमाथि बलात्कार गरेको आरोप छ। प्रहरीमा जाहेरी परेपछि बाबु भारत भागेका थिए।
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार