प्रधानमन्त्री कप क्रिकेट

प्रधानमन्त्री कप : बागमती र कर्णाली प्रदेश बिजयी

बुधबार, माघ ३, २०८०

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोेगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । 

मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेललमा बागमतीले आर्मीलाई तीन विकेटले पराजित गरेको हो । जितको लागि ९८ रनको सामान्य लक्ष्य बागमतीले २२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।  

बागमतीका लागि अशोक पौडेल र प्रतिश जिसीले समान २१–२१ रनको योगदान गरे ।  आर्मीका सोमपाल कामीले तीन विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ ओभर १ बलमा ९७ रन बनाएर अल आउट भएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रनको योगदान गरे । बागमतीका लागि सूर्य तामाङले पाँच विकेट लिए ।

त्यस्तै, प्रतियोगीता अन्तर्गत भैरहवा रंगशालामा भएको खेलमा कर्णाली प्रदेशले लुम्विनी प्रदेशलाई ६० रनले पराजित गरेको छ । जितको लागि १ सय ८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा १ सय २४ रनमा अल आउट भयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्