Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाबुले बहिनी बलात्कार गरेको उजुरी प्रहरीलाई दिँदा मारिए युवक!

बुधबार, माघ ३, २०८०

सुर्खेत– पञ्चपुरी–५ मा फेला परेको युवकको शवबारे अनुसन्धान गर्दा हत्या भएको आशंका प्रहरीले गरेको छ। बञ्चरो प्रहार गरी हत्या गरिएका २१ बर्षिय युवकले बाबुविरुद्ध बहिनी बलात्कार भएको उजुरी प्रहरीकहाँ दिएका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा बाबुले नै छोराको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीकहाँ उजुरी पर्नासाथ बाबु फरार भएका थिए।

हत्या भएका युवककी बहिनीले प्रहरीकहाँ बयान दिएकी छन्। दाजुको हत्या बाबुले नै गरेको उनको दाबी छ।

गएको असोज २७ गते १९ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

आफू बलात्कृत भएको किशोरीले दाइलाई भनेकी थिइन् । दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए। उजुरी परेपछि बाबु भागेर भारत पुगेको बताइन्छ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्