रास्वपा केन्द्रीय समिति बैठकले गर्दैछ खास निर्णय र घोषणा

बुधबार, माघ ३, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले नयाँ र ठूला घोषणा गर्ने भएको छ। 

काममा ढिलासुस्ती भएका ठूला २१ वटा योजनामा २१ सांसदले नै पैदलयात्रा गर्ने पूर्वघोषणा गरेका सभापति रवि लामिछानेले बैठकमा थप एजेन्डा पनि प्रस्तुत गर्नेछन्। 

रास्वपा सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले केही ठूला घोषणा हुने जनाएका छन्। उनले रास्वपा कार्यकर्तालाई ब्याकपमा बस्न अनुरोध गर्दै केन्द्रीय समितिले विशेष घोषणा गर्ने जानकारी दिएका छन्। 

उनी भन्छन्,‘युवामा आशा र परिवर्तन ल्याउनका लागि पार्टीले केही खास घोषणा गर्दैछ।’
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार