नेकपा एसले बोलायो सचिवालय बैठक

सोमबार, माघ १, २०८०

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

अध्यक्ष माधव नेपालको निर्देशनमा महासचिव घनश्याम भुसालले सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको एक नेताले जानकारी दिए । उनका अनुसार बैठकमा राष्ट्रिय जेठमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षा हुनेछ ।

सो पार्टीले यही माघ दोस्रो साता बोलाएको विधान अधिवेशनमा पेस गर्ने विधान संशोधन मस्यौदामाथि सुझाव सङ्कलन गर्न मस्यौदाको ड्राफ्ट जिल्ला तहका कार्यकर्तालाई पठाएको छ । माघमा हुने विधान सम्मेलनले पारित गरेको विधान मस्यौदा जेठ पहिलो साता हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्नेछ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्