सशस्त्र एआईजीको फेसबुक चार दिनसम्म ह्याक

आइतबार, पुस २९, २०८०

काठमाडौं– सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको फेसबुक एकाउन्ट चार दिनसम्म ह्याक भएको छ। 

ह्याक भएको एकाउन्टलाई फिर्ता ल्याएको दाबी गर्दै उनले लेखेका छन्,‘मित्रहरू! बिगत ४ दिन देखि ह्याक गरिएको एकाउन्ट फेसबुक हेडक्वार्टरमा रिपोर्ट गरी फेक एकाउन्ट बन्द र ह्याकरको पन्जाबाट मुक्त भइयो।’

गीत लेखनमा पनि सक्रिय रहेका एआईजी गौतम सामाजिक सञ्जाल फेसबुकमा पनि उत्तिकै सक्रिय छन्। हाल उनी मानव स्रोत शाखा प्रमुख छन्।

tt-1705210742.jpg

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्