Nic Ad Nic Ad
Nic Ad Nic Ad
एएफसी एसियन कप फुटबल

पहिलो खेलमै भारत अस्ट्रेलियासँग पराजित

शनिबार, पुस २८, २०८०

एजेन्सी– एएफसी एसियन कप फुटबलमा भारत आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको छ । 

कतारको अल रेयान सहरस्थित अहमद बिन अली स्टेडियममा भएको खेलमा भारत अस्ट्रेलियासँग २–० ले पराजित भएको हो ।

खेलको ५० औँ मिनेटमा ज्याक्सन इरविनले पहिलो गोल गरेका थिए । त्यस्तै ७३ औँ मिनेटमा वैकल्पिक खेलाडी जोर्डन बोसले टोलीका लागि दोस्रो गोल गरेर अस्ट्रेलियाको जितलाई सुनिश्चित गरे ।

भारत एक पराजयसँगै समूह बीको अन्तिम स्थानमा पुगेको छ । योसँगै अस्ट्रेलिया ३ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । 

भारतले अर्को खेलमा जनवरी १८ मा उज्बेकिस्तान र २३ जनवरीमा सिरियासँग खेल्नेछ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  २०:१५
प्रतिक्रिया दिनुहोस्