गौशाला २६ काे उजुरी

कारबाहीको उजुरी बोकेर साइबर ब्युरो पुगिन् ‘गौशाला २६’

बिहीबार, पुस २६, २०८०

काठमाडौं– सन्दीप लामिछाने बलात्कार प्रकरणमा पीडित ‘गौशाला २६’ प्रहरीको साइबर ब्युरो पुगेकी छन् । 

पहिचान खुलाउने व्यक्ति र सामाजिक सञ्जालका पेजलाई कारबाहीको माग गर्दै उनले ब्युरोमा उजुरी दिएकी हुन् । 

६ वटा सामाजिक सञ्जालको नाम उल्लेख गर्दै दुई कसुरमा कारबाही गर्न उनको माग छ । साइबर ब्युरोले अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी गरिरहेको छ । 

गौशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर (विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै उजुरी गरेकी हुन् ।

पछिल्लो समय एक युवतीको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्