राष्ट्रियसभामा एमालेले आफ्नो पार्टीलाई शुन्यमा झार्ने प्रयास गर्‍यो : अध्यक्ष नेपाल

बुधबार, पुस २५, २०८०

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी राष्ट्रियसभाको निर्वाचनमा एमालेले आफ्नो पार्टीलाई शुन्यमा झार्ने प्रयास गरेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ल कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा नेकपा समाजवादीलाई पाखा लगाएर सिटको बाँडफाँट गर्ने प्रयास केपी ओलीले गरेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डँंग भेटेर ओलीले एमालेलाई ६ सिट मागेको उनले बताए । उनले एमालेको मति अझै सुध्रन नरहेको भन्दै कम्युनिष्टहरु मिलुन् मात्रै भनेर नहुने तर्क गरे । अध्यक्ष नेपालले अर्थतन्त्र सुधार लगायतका समस्या समाधान गर्दै मुलुकलाई अघि बढाउन प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिएको बताए । उनले काम गर्ने मुख्य भूमिका रहेकाले प्रधानमन्त्रीले सुझावका आधारमा सुधारका काम  गर्न सक्नुपर्ने धारणा राखे ।

उनले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने भन्दै यसप्रतिको आघात स्वीकार्य नहुने बताए ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार