राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभा निर्वाचनको मनोनयनप्रति रास्वपाको विमति

मंगलबार, पुस २४, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयनप्रति विमति जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको रास्वपा सचिवालय बैठकले संविधानको मर्म विपरित दलीय भागवण्डामा राष्ट्रियसभाको निर्वाचनमा दलहरुले उम्मेद्वार उठाएको भन्दै मनोनयनप्रति विमति जनाएको हो ।  

बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले संविधानको कल्पनाअनुसारको राष्ट्रियसभा हुन नसकेको र सत्ता बाँडफाटमा केन्द्रीत भएकाले पार्टीको बिमति रहेको बताए । राष्ट्रियसभालाई दलीय भागवण्डामा केन्द्रीत गर्दा लोकतन्त्र नै कमजोर हुने उहाले बताए । त्यस्तै, बैठकले पार्टी सदस्यता शुल्क निर्धारण गरेको, ऊर्जा नीति कार्यदल, सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको परियारले जानकारी दिए ।

त्यस्तै, सचिवालय बैठकले पार्टीको निर्वाचन आयोगमा सदस्य थप गर्ने निर्णय गरेको छ ।  

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार