मतदाता नामावलीमा नाम नभेटिएपछि एमालेले बदल्यो उम्मेदवार

सोमबार, पुस २३, २०८०

काठमाडौं- नेकपा एमालेले मधेश प्रदेशबाट राष्ट्रिय सभाका एक जना उम्मेदवार परिवर्तन गरेको छ।

महोत्तरीका डा. अर्जुन सिंहको उम्मेदवारी दर्ता नहुने भएपछि उनको ठाउँमा जनकपुरधामकी विजेता झालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनका लागि आएका सिंहको नाम मतदाता नमावलीमा नभेटेपछि झालाई उम्मेदवार बनाउन लागिएको एमालेका एक नेताले जानकारी दिए ।

झाको उमेदवारी दर्ता प्रक्रियामा रहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्