परिवारभित्रै जग्गा हडप्न अनेक प्रपञ्च

भ्रष्टाचार अभियुक्त पूर्वसह–सचिव खापुङका आर्थिक अत्याचारका थप प्रमाण यस्ता छन्

सोमबार, पुस २३, २०८०

काठमाडौंसार्वजनिक जग्गामा नै र्याल चुहाउने भ्रष्टाचार अभियुक्त पूर्वसहसचिव प्रेमबहादुर खापुङले आफन्तको सम्पत्ति हडप्न गर्नुसम्मको षडयन्त्र गरेको पर्दाफास भएको छ।

खापुङले सालो स्व. ललितबहादुर आङबुहाङले दुख गरेर श्रीमती सन्तानका लागि जोडिदिएको जग्गा हडप्न आफू प्रशाशक भएका बेलाको तुजुक देखाउन छाडेका छैनन्। जबकि, आधा दर्जनभन्दा बढी खापुङ आवद्ध संस्था कतै डुबेका छन् भने कतिको कन्तबिजोग हुने स्थिति छ।

यहाँसम्मकी उनको विवादीत छविका कारण सामाजिक काम गर्ने किराँत याक्थुमचुम्लुङको जिम्मेबारीबाट समेत मुक्त गरिएको थियो।

मुख्य उनले गरेका सरकारी किर्तेदेखि आफन्तको जग्गा हडप्नेसम्मको कुकृत्यका विषय सतहमा नआएका होइनन्।

स्व. ललितबहादुरको सम्पत्तीमा उनले कब्जा जमाउनका लागि कतिपय आफन्तका नाममा पनि किर्ते कुरा विवरण तयार पार्न लगाएका तथ्य समेत फेला परेका छन्।

यहाँसम्मकी ताप्लेजुङदेखि दमकसम्मको ललितबहादुरको जग्गा रोक लगाउनका लागि खापुङको डिजाइनमा अन्य समेत प्रयोग भएको पाइएको छ।

जसजसले ललितकुमारकी श्रीमति शिवरुपाको सम्पत्तीमा मुद्दा हालेका छन् उनीहरू प्रयोग गरिएको प्राप्त कागजातले खुलाउँछ।

यसका लागि खापुङले भिमप्रसाद लिम्बु, बृषध्वज लिम्बुलाई पनि प्रयोग गरेको तथ्य फेला परेका हुन्। शिवरुपाले पति ललितकुमारले कमाईदिएको सम्त्ती अहिलेसम्म प्रयोग गर्न पाएकी छैनन्। त्यसमा मुद्दा मामिलाको अनावश्यक विवाद खापुङको डिजनाइनमा भएको छ।

सबैले अंश लिएको फस्र्यौट भएका विवरण पनि सुरक्षित छन्। अस्ट्रेलियामा बैदेशिक रोजगारीका क्रममा कमाएको रकमले ललितबहादुरले दमक काठमाडौंमा जग्गा किनेका थिए। खापुङले त्यसमा पनि कब्जा जमाउनका लागि मुद्दा हाल्न लगाएको पारिवारिक स्रोतको दाबी छ।

खापुङको नियत परिवारमा देखिनु स्वभाविक हो। किनभने, उनले राज्यकै सम्पत्ति पनि गैरकानुनी हिसाबले बेच्न सहयोग गर्दै कमिशनमा करोडौंको जग्गा जोडेको विवरण आएका थिए।

खापुङ मालपोत अधिकृत भएका बेला युएन पार्ककको सरकारी जग्गा त्यो भन्दा पनि चर्चित बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका अभियुक्त हुन्। जसको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्र होइन, प्रहरीको केन्द्रीय अनुसन्धा ब्युरोले पनि हेरिरहेको छ।

यति मात्र नभएर खापुङविरुद्ध परिवारका सम्पत्ति हडप्न खोजेको अभियोगमा पनि सम्पत्ति शुद्धिकरण विभागलगायतमा उजुरी परिसकेको , जुन अनुसन्धानका क्रममा रहेको अधिकारीहरूले बताएका छन्।   

ललिता निवास प्रकरणमा प्रहरीले पक्राउ गर्ने त्रासले अदालतबाट पहिला नै अन्तरिम आदेश लिएर बसेका उनले ससुरालीतिरको सम्पत्ति कब्जा गर्नका लागि मुद्दा मामिला गरेका थिए।

उनलाई कारबाही गर्नका लागि सीआईबीले प्रतिवेदन तयार पारी सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सरकारी वकिलको कार्यालयले संगठित अपराध किर्तेमा मुद्दा चलाउनका लागि निर्णय गरीसकेको छ।

कहाँसम्म भने नाता नै नपर्नेलाई समेत साला बनाएर १९ करोड बराबरको जग्गा पास गराउनका लागि खापुङले षडयन्त्र गरेका थिए। ललिता निवासमा मात्र उनले पत्नी खिमादेवी आङबुहाङ, शुसीला सुब्बा मोहनप्रसाद भट्टराईका नाममा १९ करोड ३० लाख भन्दा बढीका दरले जग्गा पास गराएको केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनमा नै उल्लेख छ।

खापुङको घुसीया प्रवित्तिबारे कुरा गरी साध्य नै नहुने उनका सहकर्मी मातहतमा काम गरेका पूर्वकर्मचारी नै बताउँछन्। आफन्त परिवारभित्र उनको योजनामा भएका मुद्दामामिला गनिसाध्य छैन। कर्मचारी रहेका बेला बनाएका साथीहरुको सहयोगका आधारमा अदालतमा मुद्दा हाल्ने, जग्गा कब्जा गर्ने अर्काको सम्पत्ति हडप्ने काममा खापुङ माहिर रहेको स्रोतले जनाएको छ।

उनलाई अख्तियारलगायतका निकायमा हालेको उजुरीमा भनिएको ,‘सरकारी अधिकारी भएको हाँकमा उहाँले परिवारको मिलोमतोमा सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ ले कसुर मानेको घुस सम्बन्धी कसुरएक्स्टर्सन गर्नुभएको छ।

खापुङले काठमाडौं१६ मा शिवरूपा लिम्बुनीको नाममा रहेको एक रोपनी १० आना जग्गा कब्जा गरेर बसेका थिए। त्यसको उजुरी जिल्ला प्रशासनमा परेपछि खापुङले सबै जग्गा कब्जा गर्नका लागि अदालती बाटोलाई अनेक प्रपञ्च गरी प्रयोग गरेको देखिन्छ।

उक्त जग्गा उपभोग गर्न नदिएपछि जिप्रका काठमाडौंमा शिवरूपा परिवारका अन्य सदस्यले ९१९९ नम्बरमाशान्ति सुरक्षा पाउँ भनी केही बर्षअघि उजुरी दर्ता गराएका थिए। उक्त उजुरीको प्रतिलिपि अहिले पनि फेला पार्न सकिन्छ।

शिवरुपाका पति स्व. ललितबहादुर आङबुहाङले ०४७ सालमा लिएको जग्गा खापुङले रेखदेख गर्दै आएका थिए तर १० बर्षदेखि भने कब्जा नै जमाएर फिर्ता दिएका थिएनन्। अस्ट्रेलिया पुगेर आम्दानी गरेर आङबुहाङले जग्गा जमिन जोडेका थिए।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्