सिनेमा उद्योगका दुई पाटा

नेपाली सिने उद्योगमा ‘कास्टिङ काउच’ : मन मिले चमत्कार, नमिले अपराध!

सोमबार, पुस २३, २०८०

काठमाडौं– रंगिन दुनियाँभित्र कतिपय कथा श्यामश्वेत हुन्छन्। कतिपय कथा बेरंगी पनि छन् । खासगरी फिल्म क्षेत्रमा कामका लागि हुने सम्झौता र बाध्यताका अनेक नाम छन्। त्यस मध्यको एक नाम हो– कास्टिङ काउच ।

कास्टिङ काउच त्यो अनैतिक र गैरकानुनी व्यवाहार हो, जसमा व्यवासायमा प्रवेश गर्नेसँग यौन सन्तुष्टिको माग गरिन्छ । यो फिल्म उद्योगबाट जन्मिएको शव्द हो। काउचको अर्थ निर्माता या निर्देशकको कार्यालयमा राखिएको सोफा हो । त्यो सोफामा दिने सन्तुष्टिका आधारमा नै व्यावसायमा आवद्ध हुनका लागि गरिने अनैतिक कामलाई कास्टिङ काउच भनिन्छ ।

यसका केही बिरोध भएका उदाहरण पनि छन्। कतिपय घटना नेपालमा पनि सतहमा नआएका होइनन् ।

केही उदाहरण पेस गरौं–

कास्टिङ काउचको सांकेतिक विरोधका लागि दक्षिण भारतीय फिल्म उद्योगमा संघर्षरत एकजना अभिनेत्री श्री रेड्डी मल्लिडीले फिल्म स्टुडियो बाहिर सर्वाङ्ग भएकी थिइन्। उनले यसो गर्नुको कारण आफू बेसहारा भएको प्रतिक्रिया दिएकी थिइन्। ‘यो लडाईमा म एक्लो भएर यति ठूलो कदम उठाउनु परेको हो’, उनले मिडियाहरूमा प्रतिक्रिया दिएकी थिइन्।

उनले गरेको यो सांकेतिक विरोधले तेलगु फिल्म उद्योगसँगै बलिउडमा हंगामा मच्चिएको थियो। युरोपमा एकताका अंगप्रदर्शन अधिकार र महिला हिंसाको विरोधमा युवतीहरूले यस्तो विरोध चलेको थियो। जर्मनदेखि बेलायतसम्म युवतीहरू नाग्गै विरोध प्रदर्शनमा उत्रिएका थिए। पश्चिमा शैलीको विरोध अपनाएर रेड्डीले फिल्मभित्रको यौनहिंसाको बाध्यात्मक अवस्था उजागर गरेकी थिइन्। सरकारलाई सुनाउन आफूले यो प्रकृतिको विरोध जनाएको उनको टिप्पणी थियो ।

उनको विरोधको शैलीबारे भारतमा समर्थन र आलोचनामा बहस भए तर त्यो सेलाइ सकेको छ ।

यस्तो बहस नेपालमा पनि नचलेको होइन। घटनाका केही उदाहरण पनि छन्। खासगरी नेपाली रंगिन दुनियाँमा ।

यो प्रकरणको सामान्य संकेत दिएकी थिइन् अभिनेत्री स्यारोन श्रेष्ठले। सायद २ की अभिनेत्रीले निर्माता सुनिल रावललाई प्रेमिका बन्न प्रस्ताव गरेको अभियोग लगाइन्। यो घटना सतहसम्म पुग्नुअघि साम्य पारिएको थियो ।

व्यावसायीक फिल्मका कुरा गरेपनि नयाँ पुस्तालाई अभिनयमा ल्याउने बाहनामा चलेकै निर्माता निर्देशकले पनि नेपालमा यस्तो प्रस्ताव राख्ने गरेको खुलासा हुन थालेको थियो ।

त्यसो त निक्कै पछि ड्रिम्स अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि यस्तो विषयको खुलासा गर्दै निर्माता निर्देशक भुवन केसीले गरेको व्यवाहारबारे त सामाजिक सञ्जालमा नै खुलाइन्। यो विषय अहिले किनारा लागेको छ, साम्राज्ञीले मुद्दा जितेकी थिइन् ।

पव्लिसिटी र पैसा दुवैको भरपूर प्रयोग हुने भएकाले पनि मिडिया क्षेत्रको फिल्मनगरीमा यौन ‘ओपन सेक्रेट’ विषय बनिरहेको छ । कतिपय अभिनेत्रीहरूले फिल्म पाउने अवसरमा आएका यस्ता हल्लालाई सावित गर्ने प्रयत्न पनि गरेकै छन् । यस्ता प्रस्तावबाट बनेका सम्बन्धहरू भत्काएर पनि चर्चामा रही आएका छन् ।

रंगीन दुनियाँमा नाम र दामको पछाडी लागेका युवतीहरू अक्सर कास्टिङ काउचको शिकार हुने गरेका छन् । पर्दाभित्रका खेलाडीहरूले यस्तो प्रस्ताव गरेका उदाहरण सामाजिक सञ्जाल र मिडियामा व्यापक हुने गरेका छन् । ‘बिर्खेलाई चिन्छस्’ भन्ने फिल्मकी अभिनेत्री आयुषा राईले म्युजिक भिडियो निर्देशक शिशिर कोइरालाले ‘म मौका दिन्छु, तिमी यौवन देऊ’ भन्ने शैलीले आफूलाई प्रस्ताव गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा च्याटको स्क्रिन सर्टसहितको तस्बिर राखेपछि अर्को चर्चा भयो ।

यसले नेपाली फिल्म उद्योगमा कास्टिङ काउचको प्रयत्न निक्कै तेज गतिमा हुने गरेको सावितको चरणमा पुरायो ।

एकजना अभिनेत्रीका अनुसार निर्माता निर्देशकले अभिनेत्रीलाई यौन प्रस्ताव राख्ने कुरा असामान्य नभएको बताइन्। आशय र इच्छाका हिसाबले बुझ्ना प्रायःजसोको यहि नियत हुने गरेको उनले बताइन् ।

‘मैले कुनै ठूलो इस्यु बनाउन त्यसो गरेकी थिइनँ। यहाँ काम गर्ने महिला कलाकारहरूमाथि हुने दुव्र्यवहार मैले पनि भोगें अनि सबैलाई सजग गराउन र उसलाई सबक सिकाउन मैले उक्त स्टाटस अपडेट गरेकी थिएँ, तर यो यत्रो इस्यु बन्छ भन्ने थिएन,’ आयुषाले नै त्यसबेला कतिपय मिडियामा भनेकी थिइन्,‘यस्तो खुलासा गर्नु स्वभाविक ठानें ।’

कुरा जे भए पनि यो घटनापछि नेपाली चलचित्रमा महिलाहरू कति सुरक्षित छन् ? बहसको विषय भएको छ। कतिपय हिरोइनहरूले यस्ता प्रस्ताव आइरहने सांकेतिक उत्तर मिडियामार्फत नै दिएका छन् । अभिनेत्री अशिष्मा नकर्मीले एउटा मनोरञ्जनात्मक साप्ताहिक पत्रिकासँग भनेकी थिइन्,‘यहाँ कसैसँग बोल्न पनि डराउनु पर्ने स्थिति छ । कसको मनमा के हुन्छ? कसरी थाहा पाउने ? दुई/चार कुरा राम्रोसँग गरेको खण्डमा उसले बदनियतले हेरिरहेको हुनसक्छ ।’

हात मिलाएको र अँगालो मारेको भरमा फलानो महिला कलाकारसँग मेरो अन्तरंग सम्बन्ध छ भनेर धाक जमाउनेहरू व्यापक रहेको पनि उनले खुलासा गरेकै हुन् ।

बृहत अर्थमा, चलचित्रको भाषामा ‘कास्टिङ’ (पात्रको निर्धारण) र काउच (सोफा वा आरामदायक शैया) हो । चलचित्रमा पात्र चयनका क्रममा कुनै पुरूष (निर्माता, निर्देशक, कास्टिङ डाइरेक्टर) नवप्रवेशी महिला कलाकारसँग यौन क्रियाकलाप गर्ने चाहना राख्छ वा त्यस्ता गतिविधिमा संलग्न भए मात्र पात्रका रूपमा चयन गर्ने कुरा गर्छ भने त्यस्तो कार्यलाई ‘कास्टिङ काउच’ भनिन्छ ।

कतिपय अवस्थामा भने रङ्गीन दुनियाँमा आउन जे पनि गर्न तयार छु भन्ने अभिनेत्रीहरूको चरित्रकै कारणले पनि नेपाली फिल्म उद्योगमा नकारात्मक छवि हावी हुन थालेको छ। खासगरी नाङ्गीएर तस्बिर हाल्ने, च्याटमा एउटा मौकाका लागि जहाँ पनि जाने, जे पनि गर्ने युवतीहरूको पनि कमी छैन ।

कतिपयले भने प्रेम सम्बन्ध स्थापित गरेर अवसर लिने र आफू हावी भएपछि त्यस्ता सम्बन्धलाई ‘प्रोपोगान्डा’ बनाउने चलन पनि फिल्म उद्योगमा कम छैन ।

‘फिल्मी क्षेत्रमा हुने यस्ता गतिविधि सुसुप्त छन् । प्रायःले मौका लिन र मौका दिनका लागि पनि यसरी कास्टिङ काउच प्रकरण चलाउने गरेका छन्’, निर्माता निर्देशक भानु प्रताप ढकालले भनेका थिए,‘कलाकारले आफ्नो कलाको महत्वलाई देखाउन आवश्यक छ अन्य विषयलाई खुलासा गर्नु राम्रो हुन्छ ।’

नेपाली फिल्म नगरीमा कतिपय निर्माता र निर्देशकका नीजि अभिनेत्री नै पनि छन् । फिल्ममा तिनले भन्दा अन्यको मौका नै नहुने अवस्थालाई संकालु दृष्टिले हेर्ने प्रवित्ति पनि कम छैन। नेपाली फिल्ममा लगानीकर्ता खोज्नका लागि कतिपय निर्देशकले आकर्षक हिरोइनकै अफर दिने गरेका पनि हल्ला बजारमा चल्ने गरेका छन् ।

संगित क्षेत्रमा यस्ता घटनाको उजागर गर्दै ५ गायिका मिडियासम्म पुगेका थिए । ‘एकजना चलेका संगीतकारले मलाई गीतको मौकाका लागि रात नै बिताउनुपर्नेसम्मको प्रस्ताव गरे। मैले उनीसँगको चिनजान नै टुटाएँ’, एकजना नवगायिकाले भनिन्,‘कला भएर पनि संघर्षका लागि कास्टिङ काउच बनाउने प्रवित्ति नेपाली कलाकारिताको उद्योगमा पर्याप्त देखिएको छ ।’

कास्टिङ काउचमा परेको पीडा एकातिर छ। अर्कातिर यस्ता प्रवृत्तिलाई अवसरका रुपमा प्रयोग गर्ने पनि कम छैनन् ।

 विश्व परिवेशमा चलेको कास्टिङ काउचको कथासँग यस्ता सम्बन्धको कुनै तालमेल छैन । इच्छाको सम्बन्ध बनाउने क्रम फिल्मीकर्मीमा कम नरहेको बताइन्छ । जसरी भुवन केसी र जिया केसीको सम्बन्ध कायम छ । निक्कै समयसम्म गुपचुप राखिएको यो सम्बन्ध पछि भने सतहमा नै खुलेर आयो ।

एक समय रेजिना उप्रेति र शोभित बस्नेतबीचको सम्बन्धको चर्चा कम थिएन। त्यतिमात्र होइन, उप्रेतिका कारण बस्नेत दाजुभाईमा लडाई भएको चर्चा अहिले पनि फिल्मीनगरीमा चलिरहन्छन् ।

रेजिना अहिले पारिवारिक सम्बन्धमा व्यस्त छिन् । उनी फेरि फिल्मी क्षेत्रमा आउने कोशिशमा छिन् । रेजिना र शोभितको सम्बन्धको हद कास्टिङ काउचको ठाउँमा राखेर हेर्न नमिल्ने बताइन्छ ।

अभिनेत्री शिल्पा पोखरेल निर्माता छविराज ओझाको पकेटकी युवती थिइन्। बिहे पनि गरिन् । पछि उनै छविले यातना दिएको भनेर रुँदै मिडियामा मात्र आइनन्, मुद्दा मामिलामा पनि पुगिन्। अहिले सम्बन्ध विच्छेद गरेर बसेकी छन् ।

यो मामलामा निर्मात्री पनि के कम। निर्मात्री समेत बनेकी रेखा थापाले समयानुकुल अभिनेतालाई घुमाइन् । आर्यन सिग्देलदेखि सविन श्रेष्ठसम्मलाई आफ्नो औंलामा राखेकी रेखासँग उनीहरूको सम्बन्ध सोचेभन्दा नजिक रहेको फिल्मी वृत्तमा हल्ला चल्ने गरेको थियो ।

कुनै बेला उनै छवीसँग बिहे गरी सम्बन्ध विच्छेदसमेत भ्याएकी रेखाले फिल्मीक्षेत्र मात्र होइन, केही पत्रकार, व्यापारी, गुन्डानाइके, वकिलसँग पनि घनिष्ट सम्बन्ध राख्ने गरेको चर्चा थियो । अहिले उनी दाम्पत्य जीवनमा छिन् र अमेरिकामा सन्तान जन्माउनका लागि नै पुगेको चर्चा छ ।

नेपाली सिने क्षेत्रमा कास्टिङ काउच र स्वीकार सम्बन्धका फरक कथा निक्कै छन्। जसलाई कसैले गहिरो मुद्दाका रुपमा त कसैले गसिपका रुपमा नै हेर्ने गर्छन् । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्